site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरको न्यायिक समितिबाट २०९ मुद्दा फछर्यौट

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा दर्ता भएका २३७ मध्ये २०९ मुद्दा फछर्यौट भएका छन् । 

न्यायिक समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीका अनुसार दर्ता भएका उजुरीमध्ये ८८ प्रतिशत भन्दा धेरै फछर्यौट भएका छन् । गत आर्थिक वर्ष सबैभन्दा बढी वडा नम्बर १२ बाट २१ उजुरी दर्ता भएका थिए ।

Dabur Nepal
NIC Asia

न्यायिक समितिको तथ्यांकअनुसार साँध सीमानासम्बन्धी ५५, महिला तथा घरेलु हिंसासम्बन्धी २९, श्रीमान्–श्रीमती विवादसम्बन्धी २९ उजुरी परेका थिए । 

समितिका खान, लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी पनि उजुरी पर्ने गरेको कार्कीले बताइन् । 

अघिल्लो आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये २८ वटा मात्रै फछर्यौट हुन बाँकी छ । दर्ता भएका मध्ये समितिले ३९ वटा जिल्ला अदालत मोरङमा पठाएको छ । ४४ वटा मिलापत्र भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा २१० वटा उजुरी दर्ता भएका थिए । तीमध्ये १७५ वटा उजुरीको निर्णय भएको उपमेयर कार्कीले बताइन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro