site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चुनावमा तेल र पानीजस्तो गठबन्धन भएकाले सफल हुन सकेन : गुरु बराल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले ०७४ को निर्वाचनको तुलना गर्दा आठ लाख भोट हराएको बताएका छन् । 

जारी केन्द्रीय कमिटी बैठकमा बुधबार उनले भोट कहाँ खोज्ने भन्दै प्रश्न गरे । “स्थानीय चुनावबाट ७–८ लाख भोट हराएको छ । यो भोट कहाँ खोज्ने हो ? यो आँकडामा कांग्रेस ठुलो भएको छ । कांग्रेस कहाँ कमजोर भयो ? कांग्रेसभित्रै कमजोर भयो,” उनले भने । 

Dabur Nepal
NIC Asia

उनले चुनावमा आफूले पार्टी एक्लै लड्नुपर्ने धारण राखेको पनि स्मरण गरे । उनले तेल र पानीजस्तो गठबन्धन भएकाले परिणाम कमजोर आएको बताए । त्यही कारण मत घटेको उनको भनाइ छ । 

“कांग्रेस एक्लै लड्नुपर्छ भन्ने धारणा राखेको थिएँ ।  अब फेरि गठबन्धन गर्ने त ? सैद्धान्तिक रूपमा हामी फरक धरातलमा थियौँ । र, हामीहरूको गठबन्धन सफल हुन सकेन,” उनले भने, “ ०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धन दुध र पानीजस्तो थियो ।  अहिलेको हाम्रो गठबन्धन तेल र पानी मिलेजस्तो थियो । त्यसो भएर पूर्णरूपमा सफल हुन सकेन ।” 

उनले पार्टी उपसभापति र महामन्त्रीलाई आफ्ना गतिविधि जिम्मेवार भएर गर्न आग्रह गरे । “महामन्त्रीजी यहाँ हुनुहुन्छ । मैले एफएममा सुनेँ सुर्खेतमा महामन्त्रीजीले राष्ट्रपति बाँड्दिनुभो । प्रधानमन्त्री बाँड्दिनुभो । कांग्रेसको कार्यबाहक सभापति बाँड्दिनुभयो । कांग्रेसको ओजिलो महामन्त्रीले पद बाँड्दिनुभयो, काठमाडौं आउँदा केही पनि भएन,” बरालले भने, “उपसभापतिजीले रेशम चौधरीका बारेमा ट्विट गर्नुभो । ट्विट गर्दा उपसभापति र सांसद हुनुहुन्थ्यो । निर्णय गर्ने ठाउँमा मन्त्री हुनुभयो । तपाईंहरूले जिम्मेवार बोध गरेर गतिविधि गर्नुस् ।”

ठुला नेताले बोल्ने कुरामा ध्यान नदिँदा आम कार्यकर्तामा 'जे बोले पनि हुने रहेछ, जे गरे नि हुने रहेछ' भन्ने भावना मौलाएको उनको भनाइ छ । 

उनले बैठकमा आफूले राखेको धारणा लाइभ नगर्न आग्रह गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro