site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
कहाँ छन् चिनियाँ विदेशमन्त्री छिन काङ ?
फाइल तस्बिर : एपी ।
SkywellSkywell

काठमाडौं । चिनियाँ विदेशमन्त्री छिन काङ करिब तीन साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त राज्य अमेरिकाका लागि पूर्वराजदूत समेत रहेका काङ चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट नेता मानिन्छन् । पछिल्ला दिनमा अमेरिकी अधिकारीको उच्चस्तरीय भ्रमणमा महत्त्वपूर्ण भूमिका खेल्दै सम्बन्ध सुधार गर्नेतर्फ उनले काम गर्ने ठानिएको थियो ।

Dabur Nepal
NIC Asia

गएको जुन २५ मा श्रीलंकाली समकक्षीसँग बेइजिङमा भेट गरेयता उनी सार्वजनिक रूपमा नदेखिएको दी गार्डियनले उल्लेख गरेको छ ।

जुलाइ ९ मा अमेरिकी अर्थमन्त्री जेनेट येलेनको चारदिने बेइजिङ भ्रमणका क्रममा भएको भेटवार्तामा समेत काङ सामेल थिएनन् ।

गएको अगस्टमा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि दुई देशबीचका सबै उच्चस्तरीय कार्यक्रम एक वर्षका लागि स्थगित गरिएको थियो । जुलाईको सुरुमा चिनियाँ अधिकारीले कुनै कारण नदिई ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलको भ्रमण रद्द गरेका थिए ।

गएको साता इन्डोनेसियामा आयोजित आसियान शिखर सम्मेलनमा बेइजिङको प्रतिनिधिमण्डलको प्रमुखबाट काङको नाम हटाइएको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले स्वास्थ्यका कारण काङ नजाने भनेका थिए । तर, उनले थप विवरण उल्लेख गरेका थिएनन् ।

पछिल्ला वर्षहरूमा चिनियाँ कूटनीतिमा नयाँ ‘आक्रामक’ शैली ल्याउने ‘वल्फ वरियर’का रूपमा काङले चर्चा पाएका थिए ।

५७ वर्षीय काङ अहिले कहाँ छन् भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन । उनी यसरी हराउनुको नतिजा कुन किसिमको हुन्छ भन्नेमा विभिन्न टीकाटिप्पणी गरिन थालेको छ । तर, सन् २०१२ मा राष्ट्रपति हुनुअघि सी पनि करिब दुई हप्ता सार्वजनिक रूपमा देखिएका थिएनन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu