site stats
बाह्रखरी :: Baahrakhari
देश
वीर अस्पतालमा आजदेखि यी सात नियम लागु

काठमाडौं । वीर अस्पतल प्रशासनले नयाँ आर्थिक वर्ष सुरु भएसँगै व्यवस्थापनमा सुधार गर्न सात नियम लागु गरेको छ । सोमबारदेखि अस्पतालको ओपीडी सेवा बिहान ८ बजे सुरु भई अपराह्न ४ बजेसम्म हुने व्यवस्था गरिएको छ ।

टिकट काउन्टर बिहान ७ देखि दिउँसो साढे २ बजेसम्म खुला रहनेछ । शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु गरिएको छ ।

यस्तै, क्लिनिकल अडिटको काम बिहान ९ बजेअघि नै गरिने र शैक्षिक गतिविधि दिउँसो ३ बजेपछि मात्र सञ्चालन गरिने अस्पताल प्रशसनले जनाएको छ ।

कर्मचारीको खाना र खाजाको समय एक घण्टाबाट घटाएर ४५ मिनेट मात्र कायम गरिएको छ । सबै कर्मचारीको इलेक्ट्रनिक हाजिरी अनिवार्य गरिएको छ ।

ओपीडीका कर्मचारीको बिहान ८ः४५ भन्दा ढिलो र दिउँसो ३ः४५ भन्दा अगाडि गरिएको हाजिरी मान्य नहुने भएको छ । अरू कर्मचारीको पनि डिउटी रोस्टरअनुसारको हाजिरी मात्र मान्य हुने प्रशासनले जनाएको छ ।

asdf1689573316.jpg

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्