site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान
फाइल तस्बिर

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका छन् ।         

मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ। उनी सोमबार बिम्स्टेकका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी भई मंगलबार स्वदेश फर्कनेछन् ।

Dabur Nepal
NIC Asia

परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बिम्स्टेक क्षेत्रका आफ्ना समकक्षीसँग साझा हितका विषयमा समेत कुराकानी गर्ने बताइएको छ ।

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो । प्रारम्भिकरूपमा यो संगठन ‘बिम्स्टेक’ (बंगलादेश–भारत–श्रीलंका–थाइल्याण्ड आर्थिक सहयोग) का रूपमा थियो । 

सन् १९९७ डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भई बिम्स्टेकका रूपमा चिनिन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro