site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । 

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबार सुरुआत गरेका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्तापुँजी पाँच अर्ब पुर्‍याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जर भएको हो ।  

जेठ २६ गते साधारणसभाबाट एकीकृत कारोबारको निर्णय भएपछि नेपाल बिमा प्राधिकरण, कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल धितोपत्र वोर्डबाट स्वीकृति लिएर आज मर्जर कार्य सम्पन्न भएको हो ।

Global Ime bank

एकीकृत कारोबारको शुभारम्भ गर्दै प्राधिकरणका निर्देशक पौडेलले लामो समयको समस्या झेलेर मर्जर कार्य सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । 

प्रभु महालक्ष्मी लाइफको नवगठित सञ्चालक समितिको जेष्ठ सदस्य उमेशलाल श्रेष्ठले कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रममा सञ्चालक शंकर गौतमले स्वागत मन्तव्य दिँदै अनुभवी र युवा टिम पाएको कम्पनीले भविष्यमा राम्रो व्यवसाय र प्रतिफल दिने विश्वास व्यक्त गरे ।

यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रकमेशकुमार भट्टराई नै नियुक्ति भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement