site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बससँग ठोक्किएपछि सप्तकोसीमा ट्रक खस्यो
फाइल तस्बिर ।

विराटनगर । कोसी ब्यारेजबाट मालवाहक ट्रक सप्तकोसी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक खसेको हो ।

उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बससँग ब्यारेजको पुलमा ठोक्किएको थियो ।

शुक्रबार बिहान यात्रु लिएर बस काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै थियो । ट्रकमा सवार चालकसहित तीनजनाको नदीबाट उद्धार गरिएको छ । एकजना यात्रुलाई सामान्य चोट लागेको छ ।

पुलमा ट्रक धसारिँदा पुलको १० मिटरजति भाग भत्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।

दुर्घटनाबाट कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको र त्यही भागबाट ट्रक नदीमा खसेको ढकालले बताए । ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro