site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशैभर हल्कादेखि मध्यम वर्षा
SkywellSkywell

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षा पनि भइरहेको विभागले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आज रातिको समयम सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा पनि अहिले वर्षा भइरहेको छ । वर्षा भइरहेका कारण नदी छेउछाउमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu