राजनीति
काठमाडौं । सरकारले अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माणका लागि काभ्रेको बाहुनडाँडा सामुदायिक वनको २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।
सरकारले धानको न्यूनतम समर्थन मूलय तोकेको छ । बुधबार बसेको बैठकले मोटा धान र मध्य धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोटा धानको रु तीन हजार १९८ र मध्य धानको रु तीन हजार ३६२ प्रतिक्विन्टल समर्थन मूल्य तोकेको हो ।
यस्तै, बैठकले नेपाल खुल्ला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरमा तोक्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० १६:४०
प्रतिक्रिया दिनुहोस्