site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित 

काठमाडौं । नेकपा (एमाले)को अवरोपछि राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ । 

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिका कारण पदमा रहने नैतिक अधिकार गुमाएको भन्दै राजीनामा माग गर्दै शुक्रबारको बैठक पनि अवरोध गरेको हो । 

Argakhachi Cement Island Ad

बैठकमा सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रीतम सिंहको कार्यक्रममा प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिप्रति आप्पति जनाइन् । 

प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार गुमाएको भन्दै तत्काल राजीनमाको माग गरिन् । एमालेको अवरोपछि राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक असार २४ गते ११ः३१ मा बस्ने गरी बैठक स्थगित गरेका हुन् । एमालेको अवरोधका कारण बुधबार र बिहीबारको बैठक पनि स्थगित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्