site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अमेरिकासँग ‘बदला’ : ग्यालियम र जर्मेनियमको निर्यातमा चीनले लगायो प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । विद्युतीय गाडी र उपकरण एवं सेमिकन्डक्टर चिप उत्पादनका लागि महत्त्वपूर्ण दुई धातुको निर्यातमा चीनले प्रतिबन्ध लगाएको छ । सोमबार चीनको वाणिज्य मन्त्रालय र भन्सारले आउँदो अगस्ट १ देखि ग्यालियम र जर्मेनियम धातुको निर्यातका लागि विशेष स्वीकृति आवश्यक पर्ने घोषणा गर्दै प्रतिबन्ध लगाएको हो ।

अमेरिकाले आफ्नो देशका विभिन्न कम्पनीलाई चीनमा निर्यात र चिनियाँ प्रविधि कम्पनीको उत्पादन आयातमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्समा प्रयोग हुने चिपको निर्यात रोक्ने वासिङगटनको तयारी थियो । त्यसअघि नै बेइजिङले यी दुई महत्त्वपूर्ण धातुको निर्यातमा रोक लगाएको हो ।

केही दिनअघि चीनले अमेरिकी चिप निर्माता कम्पनी माइक्रोनले उत्पादन गर्ने चिपको प्रयोगमा रोक लगाएको थियो । यसले चीनले अमेरिकाको कदमको बदला लिइरहेको संकेत गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्मार्टफोन, सेल्फ ड्राइभिङ कार, विद्युतीय कार, कम्प्युटर, अरू उपकरणदेखि हतियार निमार्णमा चिप अत्यावश्यक हुन्छ ।

चाँदीजस्तो देखिने ग्यालियम चक्कुले सजिलै काट्न सकिने नरम धातु हो । सेमिकन्डक्टर र प्रकाश उत्सर्जन गर्ने डायोड बनाउन महत्त्वपूर्ण कम्पाउन्डका लागि ग्यालियमको प्रयोग गरिन्छ ।

Global Ime bank

खैरो सेतो रङको जर्मेनियम प्रकाश र विद्युतीय डाटा प्रसारण गर्न सक्ने अप्टिकल फाइबर बनाउन प्रयोग हुन्छ ।

यसअघि, चीनले विभिन्न १७ रेयर अर्थमेटल्सको निर्यातमा प्रतिबन्ध लगाउने आकलन गरिएको थियो । विश्वमा रेयर अर्थमेटल आपूर्तिको आधाभन्दा बढी हिस्सा चीनकै छ । तर, ग्यालियम र जर्मेनियम यसअन्तर्गत पर्दैनन् ।

अमेरिकी जियोलोजिक सर्भेका अनुसार चीनले ग्यालियमको विश्वव्यापी ९८ प्रतिशत र जर्मेनियमको ६८ प्रतिशत उत्पादन हिस्सा आगटेको छ । सन् २०२१ मा अमेरिकाले ५० प्रतिशतभन्दा बढी ग्यालियम र जमर्नेनियम चीनबाट आयात गरेको जियोलोजिक सर्भेको तथ्यांक छ ।

चीनले लगाएको प्रतिबन्धले विश्वव्यापी आपूर्ति शृंखलामा ठूलो असर नपार्ने पश्चिमी कम्पनीहरूको भनाइ छ ।

बेल्जियम, क्यानडा, जर्मनी, जापान र युक्रेनले पनि जर्मेनियम उत्पादन गर्छन् । जापान, दक्षिण कोरिया, युक्रेन, रुस र जर्मनीले पनि ग्यालियम उत्पादन गर्छन् ।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेयता दुई देशबीचको टेक्नोलोजी व्यापार युद्ध चर्किंदै गएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय