site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी प्रदेशसभा : आर्थिक विधेयक पारित

लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलका क्रममा विधेयक पारित भएको हो ।

प्रमुख प्रतिपक्ष दलको विरोधबीच आजको बैठकमा सभामुख तुलाराम घर्तीले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरे। प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ पेस गर्ने क्रममा विपक्षी दलका सदस्यले विरोध जनाएका थिए ।

Dabur Nepal
NIC Asia

प्रदेशसभामा प्रतिपक्षी दलका सदस्य भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री र मन्त्रीहरू बजेटमाथिको छलफलबाट भागिरहेको बताए । प्रदेशसभामा महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा मुख्यमन्त्री भने प्रदेशसभामा उपस्थित नभएको भन्दै श्रेष्ठले मुख्यमन्त्रीलाई सदनमा उपस्थित हुन अनुरोध गरे ।

बैठकमा राष्ट्रिय जनमोर्चाकी प्रदेश सदस्य तारा थापा, नेकपा(एस)की भगवती अधिकारी, राप्रपाका सदस्य मीना श्रेष्ठ र नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य लोकीकुमारी विकलगायत बजेटमाथिको छलफलमा सहभागी भएका थिए । कांग्रेसका प्रदेशसभा सदस्य विकले समानुपातिक सांसदका लागि क्षेत्र विकास कार्यक्रममा विभेद गरिएको गुनासो गरे ।

वर्तमान गठबन्धन सरकारले यसअघिका महत्त्वपूर्ण आयोजनाका बजेट र प्रदेशसभा सदस्यले पेश गरेका अत्यावश्यक योजनासमेत कटौती गरेर बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध जनाउँदै आएको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रदेशसभामा अर्थमन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गरे । रासस

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro