site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई चुनाव लड्न आठ वर्षको प्रतिबन्ध
फाइल तस्बिर।

काठमाडौं । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई आठ वर्षसम्म राष्ट्रको सर्वोच्च पदमा उमेदवार हुनबाट रोक लगाएको छ । अदालतले रोक लगाउने क्रममा न्यायाधीशहरुको ५–२ मतसहित निर्णय दिएको छ ।

बोल्सोनारोलाई गत वर्षको राष्ट्रपति चुनावअघि आफ्नो शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको थियो । प्रयोग गरिएको विद्युतीय मतपत्र ह्याकिङ र जालसाजीको जोखिममा रहेको दाबी गरेर ब्राजिलको लोकतन्त्रलाई कमजोर बनाएको आरोप उनीमाथि लगाइएको थियो ।

बोल्सोनारोका वकिलहरूले फैसलाविरुद्ध अपिल गर्ने अपेक्षा गरिएको छ । उनले आफ्नो भनाइले चुनावी नतिजामा कुनै असर नपर्ने तर्क गरेका बीबीसीले लेखेको छ ।

यो प्रतिबन्ध २ अक्टोबर २०२२ देखि हो, जतिबेला राष्ट्रपति चुनाव भएको थियो ।

यो निर्णय कायम रह्यो भने बोल्सोनारो २०२६ मा अर्को राष्ट्रपति चुनावमा भाग लिन योग्य हुने छैनन् । तर, २०३० मा पुनः चुनावमा भाग लिन सक्षम हुनेछन् ।

उनलाई २०२४ र २०२८ मा हुने नगरपालिकाको निर्वाचनमा समेत प्रतिबन्ध लगाइनेछ ।

बोल्सोनारोले अदालतको निर्णयलाई ‘पिठमा छुरा हानिएको’ रूपमा वर्णन गरे । र, ब्राजिलमा दक्षिणपन्थी राजनीतिलाई अगाडि बढाउन काम जारी राख्ने बताए ।

पूर्वराष्ट्रपतिविरुद्धको उक्त मुद्दा उनले २०२२ मा राष्ट्रपति हुँदा गरेको भाषणको वरिपरि घुम्छ । जुलाई १८ मा उनले विदेशी कूटनीतिज्ञहरूलाई राजधानी ब्रासिलियामा आफ्नो निवासमा आमन्त्रित गरे, जहाँ उनले ब्राजिलमा प्रयोग हुने इलेक्ट्रोनिक भोटिङ मेसिनहरू ह्याकिङ र व्यापक जालसाजीका लागि खुला रहेको दाबी गरे ।

बोल्सोनारोलाई उनका कट्टर प्रतिद्वन्द्वी, वामपन्थी लुइज इनासियो लुला दा सिल्भाले शीर्ष पदको लागि चुनौती दिए । चर्को प्रतिस्पर्धा भएको निर्वाचन अक्टोबर ३० मा सकियो र लुलाले थोरै मतान्तरले जित हासिल गरे ।

बोल्सोनारोले कहिल्यै सार्वजनिक रूपमा आफ्नो हार स्वीकार गरेनन् । उनी लुलाले राष्ट्रपतिको रूपमा शपथ लिनुभन्दा दुई दिन अघि ब्राजिलबाट फ्लोरिडा प्रस्थान गरे ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  २३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro