site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी नामकरणमा प्रधानमन्त्रीले नै आगोमा घिउ र पेट्रोल छर्किनुभयो : मुख्यमन्त्री कार्की 

विराटनगर । कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश नामकरणबारे प्रधानमन्त्री र संघीय मन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

आज प्रदेश सभाको बैठकमा विश्वास मतसम्बन्धी प्रस्ताव पेस गर्दै कार्कीले संविधानअनुसार नामकरण गरिएको विषयमा प्रधानमन्त्री र मन्त्रीले गलत भयो भनेर अभिव्यक्ति दिएर प्रदेशको अधिकारमा बलमिच्याइँ गरेको आरोप लगाए ।

Dabur Nepal
NIC Asia

"नामकरण संविधानअनुसार सहमतिमा भएको हो । तर प्रधानमन्त्रीले आगोमा घिउ र पेट्रोल छर्कने काम भयो," मुख्यमन्त्री कार्कीले भने । 

कार्कीले प्रदेशको अधिकार प्रयोग गरिएको विषयमा भएको टिप्पणी गलत र अधिकार मिच्ने ढंगको भएको बताए ।

उनले भने, "नामकरणसँग असन्तुष्ट पक्षसँग सरकारले वार्ता गरिरहेको छ ।‌ त्यो क्रम अझै जारी छ । तर, नाम राख्न मत दिने र सहमति गर्ने दलको दोहोरो चरित्र देखा परेको छ ।"

आफूले अर्को सरकार बन्ने अवस्था नदेखेको र कसैले पनि कोसी प्रदेशमा मध्यावधि निर्वाचन नचाहेको कार्कीको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro