site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन्– सबै योजना फेल भएका छैनन्
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले सबै योजना फेल नभएको बताएका छन् । मंगलबार १६औँ योजना (२०८२/०८२–२०८५/०८६) तर्जुमा तयारीको क्रममा सञ्चारकर्मीसँग छलफल गर्दै उनले धेरैजसो योजना फेल भएको भए पनि सबै योजना फेल भएको भन्न नमल्निे दाबी गरे ।

“हामीले बनाएको सबै योजना फेल भएका होइनन् । धेरैजसो योजना फेल भए । एकदेखि १३औँ योजनासम्म राखेको लक्ष्य र लक्ष्य प्राप्तिमा ग्याप बढी थियो,” उनले भने, “तर, १४औँ योजनामा त्यस्तो थिएन । १४औँ योजना भनेको यस्तो योजना हो, जसले राखेको लक्ष्यभन्दा बढी आर्थिक वृद्धि गरेका थियौँ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोभिड–१९, रूस र युक्रेनको युद्धको कारणले १५औँ योजनाको लक्ष्य पूरा हुन कठिन भएको उनले बताए । १६औँ योजना निर्माण गर्दा संरचनात्मक सुधार गरेर काम गर्ने समेत उनले बताए ।

“हामीले रातारात परिवर्तन गर्न सक्ने अवस्था छैन । कार्यविधिमा, कार्यप्रणालीमा समस्या छ,” उनले भने, “सरकारी क्षेत्रमात्र नभएर निजी क्षेत्र, निर्माण व्यवसायीहरूमा, उपभोक्ताहरूलगायत धेरै क्षेत्रमा समस्या रहेको छ ।”

Royal Enfield Island Ad

अहिले योजनाको लक्ष्य पूरा नहुनुको कारण र समस्याको पहिचान गरेको श्रेष्ठले बताए । उनले १६औँ योजनामा अहिले पहिचान भएका समस्या समाधान गर्नको लागि नतिजा देखिने गरेर काम कसरी गर्ने भन्ने रणनीतिक खाका तयार पारेर काम गर्ने बताए ।

प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गर्ने, डिजिटल डेटाबेस र ई–गभरमेन्टमा फड्को मार्न १६औँ योजना निर्माण गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro