site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामर्थ्य
Tiktok banner adTiktok banner ad

दीपकराज सापकोटा


समय पर्खिंदापर्खिंदै
आह्वानमै समय त बितेछ
कतिखेर गइसकेछ, पत्तै भएन ।

स्याउबाट किसमिस हुँदा पनि
सिंहबाट स्याल हुँदा पनि
म, 
मभित्रै रुमल्लिएछु
समय त किनारलाई छोएर बहने पानीझैँ
खुसुक्क घर्किसकेछ ! 

हैन, ढिला कहिल्यै हुँदैन पुरुषार्थीलाई
ल्याउँछन् समयलाई पहुँचभित्र उनकै वशमा
समय र भाग्य त कर्मले बनाउँछन् पराक्रमीले 
समस्त ब्रह्माण्ड त उनकै अधीनमा चल्छन् ।

खेर नफाल कुनै समय
विनाउद्यम, विनापरिश्रम
सिर्जनाका फूल फुलाऊ
बगिरहने समयलाई 
पाठ पढाऊ
तिम्रा हरकदमले 
समयलाई पनि काबुमा राखून् र बनाऊन्
तिम्रो सहयात्री, 
तिमी अनुकूल । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro