site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरका ४६५ विद्यालयले बुझाए विवरण, १३ हजार विद्यार्थीले पाए छात्रवृत्ति

काठमडाौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएका ४६५ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् ।

५०४ मध्ये ४६५ निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाएको महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी दिए। उनले महानगरको इतिहासमा यो पहिलो पटक भएको पनि बताएका छन् ।

Argakhachi Cement Island Ad

विवरणअनुसार लक्षित वर्गका १३ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् । प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने शाहले बताए।

उनले भने, "विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ ।"

हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने बताइएको छ। त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्