site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनिवार्य अवकाशको तीन दिनअघि निजामतीको शीर्ष पदमा पुगे अर्याल
फाइल तस्बिर ।

काठमाडौं । सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । मुख्य सचिवमा बढुवा नभएका भए अर्यालले आउँदो असार ३ गते अनिवार्य अवकाश पाउने थिए ।

Dabur Nepal
NIC Asia

अर्याललाई प्रशासनवृत्तमा सक्षम प्रशासकका रूपमा चिनिन्छ । उनी अर्थ मामिलाका जानकार व्यक्ति हुन् ।

शंकरदास बैरागीको तीनवर्षे कार्यकाल बाँकी हुँदै अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो । बैरागीलाई भने पदबाट राजीनामा दिन लगाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाउने निर्णय गरिएको मन्त्री साउदले बताए ।

बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजमा सकिँदै थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro