site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साथीहरूले मेरै नेतृत्व चाहनुभएको छ
Sarbottam CementSarbottam Cement

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को २१औँ वार्षिक साधारणसभा भोलि (बिहीबार) हुँदै छ । साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिनेछ । अध्यक्ष पदका लागि किरण मल्लगणेश कार्कीले उमेदवारी दिएका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि पनि प्रयास गरिँदै छ । अध्यक्षका प्रत्यासी कार्कीसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको मेजर समस्या भनेको नीतिगत सुधार हो । जलविद्युत्लाई लगानीमैत्री बनाउनुपर्नेछ । त्यसका लागि वनका थुप्रै नीति–नियमहरू जलविद्युत् र विकास फ्रेन्ड्ली छैनन् । भूमिसुधारका त्यस्तै छन् । ५० रोपनीभन्दा बढी जग्गा किन्न पाइँदैन । जलविद्युत्का लागि कैयौँ रोपनी जग्गा किन्नुपर्ने हुन्छ । थुप्रै प्रोजेक्टहरू २०७५ सालदेखि पीपीए गरेर बसेका छन् । भर्खरै १५ सय मेगावाट खोलियो । झन्डै ११ हजार पीपीए नखोली बसेका छन् । तिनीहरूलाई एक खालको निकास दिलाउनुपर्नेछ । त्योसँगसँगै प्रोजेक्ट बनेर पनि ट्रान्समिसनलाइन नभएर त्यत्तिकै बस्नुपरेको अवस्था छ ।

हामी प्रोजेक्ट बनाउँछौँ, जग्गा कित्ताकाट हुँदैन । बैंकको ब्याज कल्पनै गर्न नसक्ने गरी प्रोजेक्टले धान्न नसक्ने गरी बढ्छ । हामी ३० वर्षका लागि फिक्स प्रोजेक्ट गछौँ । निकासीमा प्राइभेट सेक्टरलाई पनि त्यत्तिकै बढी समावेश गर्नुपर्छ भन्ने हाम्रो माग हो । यस्ता थुप्रै कुरा छन् । जलविद्युत्मा प्राइभेट कम्पनीहरू यति समावेश नभएका थिए भने यति धेरै विकास हुँदैन थियो होला ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल धितोपत्र बोर्डले प्रमोटर सेयर र पब्लिक सेयरचाहिँ छुट्ट्याउनुपर्छ, बेच्न दिनु हुँदैन भन्छ । हामी त ३० वर्षमा सरकारलाई बुझाउने प्रोजेक्ट तयार गर्दै छौँ । त्यही भएर पनि यसलाई लगानीमैत्री बनाउनुपर्नेछ ।

अर्काे कुरा, १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा बेच्ने भनेर अहिले सरकारले खुसियाली मनाएको छ । बंगलादेशले पनि आठ हजार मेगावाट किन्छौँ भनेको छ । १८ हजार मेगावाट त विदेशमा नै जाने भयो । १० वर्षमा नेपालमा पनि त अर्काे १० हजार मेगावाट विद्युत् खपत बढाउने होला ? यी सबै उत्पादन गर्नका लागि उत्पादनमा लगानीमैत्री वातावरण बनाउनुपर्छ । नभए त कुनै पनि लगानीकर्ताले पैसा हाल्दैनन् । यही अवस्थामा न स्वदेशीले न विदेशीले कसैले पनि लगानी हाल्नेवाला छैनन् । त्यसो भएकाले सरकारसँग छलफल गरेर यसलाई लगानीमैत्री बनाउनुपर्छ । प्रोजेक्टमा लगानी गर्दै गर्दा एउटा सुरक्षा अनुभूति गराएर सरकारले जलविद्युत्लाई छुट्टै नयाँ सुरक्षा नीति बनाउनुपर्छ ।

Global Ime bank

हामीले अहिले पनि पहल गरिरहेका छौँ । ऊर्जा सुरक्षा नीति बनाउनुपर्छ । हैन भने गाउँमा कुन बेला कुन प्रोजेक्टमा आगो लगाउँछन्, कुनैमा ढुंगामुढा गर्छन् । यसले लगानी गर्ने वातावरण भएको छैन ।

प्रमुख कुरा भनेको जलविद्युत् क्षेत्रमा सबै जनताले लगानी गर्ने वातावरण बनाउनुपर्छ । सरकारले पनि ऊर्जामा लगाएको लगानीलाई राम्रो दृष्टिकोणले हेरोस् । अहिलेसम्म ४० लाख सेयरधनी भइसके । भोलिका दिनमा अझै बढून्, अझै थप्ने वातावरण मिलोस् भन्ने नै हो । यसैमा मेरो पनि पहल हुनेछ ।

उमेदवारीको कुरा गर्दा – हामीले सबै मिलेर जाऊँ, निर्वाचन गर्न नपरोस् भन्ने गरेका छौँ । हामीले मिलाउन नै पहल गरिरहेका छौँ । कतिपय साथीहरूले विधान भएन भन्नुभएको छ । यसलाई संशोधन गर्ने कुरा पनि छँदै छ । कतिपय पोस्टमा सहमति पनि भइसकेको छ । हामीले अध्यक्षका लागि पनि अन्तिमसम्म मिलाउने प्रयास गर्नेछौँ ।

मेजर साथीहरूले मलाई नै चाहनुभएको छ । धेरैले मेरो नेतृत्व चाहनुभएको छ । मलाई ‘ब्याक’ बस्न त्यस्तो प्रेसर छैन । भोलिका दिनमा मिलाउने कुरा पनि यसैगरी नै हुन्छ । अहिलेसम्म मलाई नै राखेर अगाडि कुरा बढाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय