site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सदस्य सचिवले रुँदै भने– ‍१० केजी सुन हराएको पुष्टि भए मृत्युदण्ड भोग्न तयार छु (भिडियोसहित)

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी सुन नहराएको दाबी गरेको छ ।

मंगलबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए ।

आफूले पटक–पटक जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई 'चोर' करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले आँशु झारे ।

Dabur Nepal
NIC Asia

बैठकमै आँशु झारेका थापाले आफूलाई राज्यले कमजोर बनाएको बताए । उनले आफ्नो बेइज्जत भएको पनि गुनासो गरे । सदस्य सचिव थापाले जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभाबी आरोप लगाउन नमिल्ने पनि बताए । 

"१० केजी सुन शिवले पहिरिएर राख्नुभएको छ । कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु । आज मेरो गाउँभरि बेइज्जत भयो । मेरो दुई जना सन्तान छन् । गहभरी आँशु पार्दै अन्यथा नलिनु होला । म कमजोर होइन । तर राज्यले कमजोरी बनायो नि त । आयोगले छानबिन गर्न नपर्ने ?," थापाले भने ।

उनले यथार्थ नबुझेर सञ्चारकर्मीले आफूलाई 'सुनचोर' बनाएको दाबी गरे । "हाम्रा पत्रकार साथीहरूले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ । मेरा दुइटा बच्चा छन । मेरो बच्चाको भविष्य अन्धकार बनाइदिने ? राज्यको त्यही नीति हो ?," उनले प्रश्न गरे ।

उनले जलहरीबारे आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको दाबी गरे ।

बैठकमा सांसदहरूले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।

हेर्नुहोस् भिडियो

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro