site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्रोकर लाइसेन्स प्रक्रिया नबढाउन धितोपत्र बोर्डलाई अर्थ समितिको पत्र

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाएको छ । समितिले ब्रोकर लाइसेन्ससम्बन्धी कार्यलाई अगाडि नबढाउन सोमबार बोर्डलाई पत्र पठाएको बोर्ड स्रोतले बताएको छ ।

संघीय संसद् सचिवालय सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको विषयमा छलफल भएको थियो । अधिकांशले पहिलेको समितिले गरेको निर्णयलाई छानबिन गर्नुपर्ने भन्दै यसलाई रोक्नुपर्ने र बोर्डका अध्यक्षलाई बोलाएर सोधपुछ गर्नुपर्ने धारणा राखेका थिए ।

सर्वाेच्च अदालतमा मुद्दा परेको र बोर्डको पक्षमा फैसला भएकाले पुनः ४५ दिनको म्याद राखेर बोर्डले आवेदन खुला गर्नुपर्ने भन्दै विनोद तिमिल्सिनाले २०८० जेठ ७ गते समितिमा उजुरी दिएका थिए ।

फैसलापछि बोर्डले १० दिनको अवधि राखेर आवेदन खुला गरेको थियो । धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि १८ वटा कम्पनीलाई लाइसेन्स दिएको छ । यीमध्ये सातवटाले नेप्सेमा सदस्यताका लागि निवेदन दिएका छन् ।

समिले यो पत्र धितोपत्र बोर्डलाई पठाएसँगै लाइसेन्स प्राप्त गरेका ब्रोकरहरुले काम गर्न नपाउने भएका छन् । समितिले अध्ययन गर्ने र निष्कर्ष नआएसम्म यससम्बन्धी सम्पूर्ण काम रोक्न नेप्सेलाई बोधार्थसहित पत्रमार्फत निर्देशन दिएको छ ।

नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीले आवेदन दिएका थिए ।

353930076_907995103599376_3789063198369472010_n1686583502.jpg

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro