अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्ष (आव) को १० महिनामा खुद सेवा आय ५६ अर्ब बढी घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको १० महिनामा ५६ अर्ब ७४ करोड रुपैयाँ घाटामा रहेको छ ।
अघिल्लो वर्ष सोही अवधिमा खुद सेवा आय ८८ अर्ब १८ करोडले घाटामा रहेको थियो ।
भ्रमण आय भने गत आवको तुलनामा दोब्बरले सुधार भएको छ । चालु आवको १० महिनामा सेवा खाता अन्तर्गत भ्रमण आय ९३.८ प्रतिशतले बढेर ५१ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २६ अर्ब ७७ करोड थियो ।
सेवा खाता अन्तर्गत भ्रमण व्यय ३५.३ प्रतिशतले बढेर एक खर्ब दुई अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यय ७५ अर्ब ७३ करोड रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० १६:०१
प्रतिक्रिया दिनुहोस्