site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
असार १ देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिइने भएको छ ।

सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले बिहीबार एक सूचना प्रकाशित गर्दै उक्त अवधिभर सडक खन्न स्वीकृति नदिइने जनाएको हो ।

Dabur nepal
Agni Group

सो कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने जनाइएको छ । त्यस अवधिमा कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

“...यही २०८० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

वर्षायाममा सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने कार्यालयले जनाएको छ ।

सूचना पढ्नोस्–

fdmg1686196480.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu