site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै भेटिएनन् सुनकोसीमा बेपत्ता कर्मचारी

सिन्धुली । सुनकोसी नदीमा जीपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अधिकारीहरूको खोजी जारी छ । घटना भएको पाँचौँ दिन बित्न लाग्दा समेत ती अधिकारीहरूलाई भेट्टाउन सकिएको छैन ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नम्बरको जीप गएको शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मीखण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७, लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरू सबै बेपत्ता छन् । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफँै पौडिएर निस्किएका थिए ।

खोजी जारी भए पनि हालसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थापन समेत चार टोलीले शुक्रबारदेखि निरन्तर खोजी गरिरहेको छ ।

एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ गोताखोरहरूले चुम्बक समेत प्रयोग गरी गहिराइमा पुगेर खोजी गरिरहेका छन् ।

दुवै तर्फबाट सुनकोसीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापबाट बहने र बेपत्ताहरूको खोजी गर्न सहज हुने गोताखोर केशव महतले बताए ।

घटनास्थलवरपर नदीको पानी ठाडो बगेकाले करेन्ट बढी हुँदा गहिराइमा पुगेर खोज्न नसकिएको उनको भनाइ छ । र्‍याफ्टिङ लिएर माथिमाथि, कुनाकन्दरामा खोजी गरे पनि गहिराइमा पुगेर टोलीले खोजी गर्न सकेको छैन ।

“पानीको वेग बलियो छ । अलिकति तल जानासाथ हुत्याइदिन्छ । घुमाउनेमा फसिने डर भएकाले पानी ‘डाइभर्ट’ नभएसम्म खोजीकार्य प्रभावकारी हुन सकेको छैन,” गोताखोर महतले भने ।

पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जिउमा बाँधेर खोजी गरिँदै छ । तर, धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ । उनका अनुसार नदीको पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन ।

घटना भएको दोस्रो दिनदेखि नै सुनकोसीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको छ । चार स्काभेटर, तीन जेसीबी, डोजर, पाँच टिपर र ट्याक्टर लगाएर पानीको बहाव अर्कोतर्फबाट फर्काउने प्रयास हालसम्म सफल भएको छैन । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro