site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्तारुढ दलका प्रमुख नेताको ‘कल डिटेल’ निकाल्न अमरेश सिंहको माग
फाइल तस्बिर।
Argakhachi Cement Island Ad

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट निर्माणमा भएको चलखेलको अुनसन्धानका लागि प्रमुख दलका नेताको कल डिटेलसहित अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभाको बैठकमा एमालेसहितका दलले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको भन्दै अवरोध गरेपछि सभामुखले दिएको समयमा डा. सिंहले सर्वसाधारणले चढ्ने कम क्षमताका विद्युतीय गाडीको कर बढ्नुले नै संका बढाएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताए ।

“बजेट निर्माणका क्रममा मन्त्री, प्रधानमन्त्री, नेता र सत्तारुढ दलका प्रमुख नेताले कुन कुन विजनेस घरानासँग कुरा गरेका छन् भनेर कल डिटेल अनुसन्धान हुनुपर्छ,” सिंहले भने, “यहाँ अर्थमन्त्रीको विषय मात्र होइन, राज्यमाथि नै नागरिकको भरोसा टुट्न लागेको छ ।”

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्