site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला सदस्यमा ढुंगाना नियुक्त भएसँगै राष्ट्रिय योजना आयोगले पायो पूर्णता
फाइल तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आइतबार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा.अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले लामो समयपछि पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् । सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो ।

आयोगका प्रवक्ता तथा सदस्य डा. रामकुमार फुयालले सदस्य ढुंगानाले शपथ लिएसँगै कार्यभार समेत लिएको बताए । राष्ट्रिय योजना आयोग गठन आदेशमा उपाध्यक्षसहित सातजना पदाधिकारी रहने व्यवस्था रहेको उनले बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आयोगको ६ जना सदस्यमा एकजना महिला सदस्य हुनुपर्ने अनिवार्य व्यवस्था रहेको बताउँदै प्रवक्ता फुयाँलले पाँचजना आयोगको सदस्यमा गत माघ ४ गतेको मन्त्रीपरिषद्ले निर्णय गरेर नियुक्त भएको बताए । 

नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको उनले बताए । 

Royal Enfield Island Ad

सरकारले ल्याएको बजेटमा मन्त्रालयहरुलाई आयोगले सहयोग गर्ने र भएका योजनाहरुको अनुगमन र मूल्याङ्कनमा कसरी जोड दिने भन्ने विषयमा आयोग लाग्ने उनले बताए । सरकारले गर्ने पुँजीगत खर्च कसरी बढाउने भन्ने विषयमा बृहत छलफल गरेर अगाडि बढ्ने उनले बताए । 

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । आयोगको सदस्यहरु डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । 

आयोगले सदस्यहरुलाई विभिन्न जिम्मेवारी समेत दिएको छ । जसमा सदस्यहरु डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तथा डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ । 

यसैगरी डा. बुढाथोकीलाई उर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै वाग्मती प्रदेश, डा. बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोसी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुदको जिम्मेवारी दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro