देश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता सीताराम रिजालका अनुसार हरिभक्त महर्जन पक्राउ परेका हुन् ।
“प्रतिवादी बनाइएका हरिभक्त महर्जन आज (बिहीबार) अदालतमा आफै उपस्थित भएका थिए, त्यसपछि उनलाई पक्राउ गरिएको हो,” उनले भने ।
महजर्न समेत गरी हालसम्म पक्राउ पर्नेको संख्या १८ पुगेको छ । १२ जना अझै फरार छन् । पक्राउ परेकाहरूको गत शुक्रबारदेखि जिल्ला अदालत काठमाडौंमा बयान लिइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १८:२२
प्रतिक्रिया दिनुहोस्