site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निषेधाज्ञा लगाएर आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन

विराटनगर । कोसी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशको नाम पहिचानको आधारमा पुनः हुनुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीको संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

Dabur Nepal
NIC Asia

पहिचानवादीको आन्दोलनका कारण सम्भावित प्रदर्शन र झडपलाई मध्यनजर गरी प्रशासनले विराटनगरका विभिन्न ठाउँमा निषधाज्ञा लगाएको छ ।

प्रदेश राजधानी विराटनगरमा निधेषाज्ञा लगाएसँगै सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । कोसी प्रदेशसभा आसपासको क्षेत्रमा शनिबार अपरान्हदेखि नै सुरक्षाकर्मीले सडकमा बेरियर राखेर आउजाउ गर्न रोक लगाएको छ ।

गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोसी नामकरण गरेपछि पहिचानवादी आन्दोलनमा छन् । प्रदेश नं १ पुनःनामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले आफूहरूको आन्दोलन जारी रहेको बताएका छन । उनले भने, “राज्यले दमनको नीति लिएपनि हामी संघर्ष छाड्दैनौँ ।”

आन्दोलनरत पक्षले ‘पहिचानको लागि युवा’ समूह गठन गरी शुक्रबार मार्चपास समेत गरेको छ । समूहले गाउँदेखि सहरसम्म आन्दोलनको लागि प्रशिक्षण गराएको थेगिमले सुनाए । आइतबार हुने तेस्रो चरणको आन्दोलन फरक हुने पहिचानवादीले बताउँदै आएका छन् ।

प्रशासनले प्रदेशसभा पूर्व देवकोटा चोकदेखि पश्चिम कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरेको छ । आदेशको उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले शान्ति सुरक्षा कायम गराउन आफूहरु सक्रिय रहेको बताए ।

नामकरणविरुद्ध आन्दोलन चकिएसँगै विराटनगरमा सुरक्षाकर्मीसँग भएको झडपमा यसअघि एक आन्दोलनकारीको मृत्यु भएको थियो । पटक पटक भएका झडपमा दर्जनौ सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro