site stats
राजनीति
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

Himalayan Bank
Agni Group

बजेट अधिवेशनको बैठक दाङको देउखुरीस्थित प्रदेशसभा भवनमै बस्नेछ ।

चालु प्रदेशसभाको यो दोस्रो अधिवेशन हो । यो अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पेस तथा पारितलगायत कार्य गरिनेछ ।

Global bank

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय