site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट आह्वान गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट मंगलबार सिफारिस भई आएकाले सभाको दोस्रो अधिवेशन आह्वान भएको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनको १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले संविधानको धार १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम १ बमोजिम सूचना जारी गरिएको उल्लेख छ  ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro