site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलले दायर गरे मुद्दा

काठमाडौं । सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अदालतमा दायर गरेको छ ।

पक्राउ परेका १६ जनासहित फरार रहेकाहरूलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरेको हो । मुद्दाको दर्ता नम्बर २२७१ हो ।

Dabur Nepal
NIC Asia

यस प्रकरणमा पहिलो व्यक्ति पक्राउ परेको ६०औँ दिनमा मुद्दा दर्ता भएको हो । 

दुई महिनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयलाई सोमबार प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको अध्ययनपछि सरकारी वकिलले मुद्दा दायर गरेका हुन् ।

प्रतिवादीविरुद्ध नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकासहित तेस्रो देश पठाउन रकम असुली गरी ठगी गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । त्यस्तै, लिखत किर्तेसम्बन्धी कसुर, राज्यविरुद्धको अपराध र संगठीत अपराधमा मुद्दा दायर भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro