site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुलाई जस्तो व्यवहार गर्‍यो : रावल
फाइल तस्बिर।

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री *राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुको व्यवहार गरेको आरोप लगाएका छन् । मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षु भएजस्तो व्यवहार देखाएको आरोप लगाए ।

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको उनको गुनासो थियो । प्रदेश मातहतमा पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा राखेर एकाअधिकार जमाएको उनले बताए । 

प्रदेश सरकारले राजश्व संकलन गरिदिए अनुदान दिन्छौँ भन्दै एकाधिकार जमाएको बताउँदै उनले प्राकृतिक स्रोत प्रदेश मातहतमा आए पनि स्वीकार गर्न नसकेको बताए । प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै शाहले प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाटमा लडाइँ गर्नुपरेको बताए । 

“प्रदेश र संघीय सरकारबीच अधिकारको विषयमा लडाइँ रहेको छ । प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकारप्रति उत्तरदायी छन्,” उनले भने, “प्रदेश सरकारलाई अधिकार दियौंँ भनेर ललिपप खुवाए जस्तै छ । संघीय सरकार दाता, प्रदेश सरकार भिक्षुक जस्तै भएको कारण संघीय सरकारलाई दबाब दिन थालिएको हो ।”

रावलले केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरुमा बाँडफाटमा एकाधिकार गरेको बताए । उनले सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्यभित्र छिर्न नपाएको गुनासो गरे । 

*पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल हुनुपर्नेमा यसअघि अन्यथा परेकाले सच्याइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro