site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुकेशप्रति शोक प्रकट गर्दै राष्ट्रपतिले पठाए परिवारलाई समवेदना
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ०६२/६३ को जनआन्दोलनमा घाइते भएर केही दिन अघि ज्यान गुमाएका सहिद मुकेश कायस्थप्रति शोक प्रकट गर्दै परिवारमा समवेदना पठाएका छन् । 

स्वास्थ्य अवस्थाका कारण बाहिर नगएका राष्ट्रपति पौडेलले प्रेस सल्लाहकार किरण पोखरेलमार्फत सन्देश पठाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सल्लाहकार पोखरेलले मुकेशको परिवारलाई भेटेर शोक प्रकट गर्दै राष्ट्रपतिका तर्फबाट समवेदना सन्देश दिएका छन् ।

Dabur Nepal
NIC Asia

दोस्रो जनआन्दोलनमा घाइते भएर अर्धचेत अवस्थामा रहेका कायस्थको गत वैशाख २७ गते निधन भएको थियो । समवेदना प्रकट गर्न राष्ट्रपति पौडेलको तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेलसँगै राष्ट्रपतिकी छोरी अवज्ञा पौडेल र प्रेस संयोजक खिला कार्की पनि बनेपास्थित मुकेशको घरमा पुगेका थिए ।

राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, “मुकेश जस्ता योद्धाहरुको कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो । मुकेशको योगदानलाई भावि पुस्ताले सम्झिरहने छ ।” 

राष्ट्रपतिका तर्फबाट गएको टिमसँगै मुकेशको घरमा पुगेका वाग्मती प्रदेशका खनेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताए । 

बनेपा नगरपालिकाका प्रमुख शन्तिरत्न शाक्यले राष्ट्रपतिमार्फत मुकेशलाई सहिद घोषणा माग गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेललाई मागपत्र हस्तान्तरण गरे ।

कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । उनी १७ वर्ष १ महिना अचेत अवस्थामा रहेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu