site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्छ : यादव
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

“यस्तो घटनाको निष्पक्ष छानबिन गरेर अन्तर्राष्ट्रियजगत्मा नेपालको छवि स्वच्छ बनाउनुपर्छ,” उनले भने, “भुटानी शरणार्थी प्रकरणले विश्वस्तरमा नेपालको छवि धुमिल भएको छ । अमेरिकाको नजरमा पनि नराम्रो भएको छ । यो सवाललाई सम्बोधन गर्न निष्पक्ष छानबिन हुनु जरुरी छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

देशलाई आर्थिक संकटबाट बचाउन सुशासन कायम हुनुपर्नेमा उनले जोड दिए । सुशासनको अभावकै कारण देशमा आर्थिक मन्दीको स्थिति उत्पन्न भएको उनले बताए ।

वर्तमान राष्ट्रपतिले तत्काल नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement