site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासमा ताला, सुरक्षाकर्मी पनि छैनन्

काठमाडौं । भ्रष्टाचार छानबिनका लागि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवासमा ताल्चा लगाएर त्यहाँ खटाइएका सुरक्षाकर्मी हिँडेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको छानबिन गरिरहेको प्रहरीको टोलीले पूर्वगृहमन्त्री खाँणलाई बुधबार बिहान पक्राउ गरेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ७, चावहिल, मैजुबहालस्थित निजी निवासमा खटाइएका सुरक्षाकर्मी पनि मूलढोकामै ताल्चा लगाएर त्यहाँबाट हिँडेका हुन् । 

खाँणका एक छिमेकीले दिएको जानकारीअनुसार, बुधबार साँझदेखि नै सुरक्षाकर्मी ताल्चा लगाएर हिँडेका हुन् । “हिजो बेलुकादेखि नै ताल्चा लगाइएको छ । कोही पनि सुरक्षाकर्मी आएको देखिएन”, उनको निवास अगाडि पसल गरिरहेका एक छिमेकीले भने ।

Dabur Nepal
NIC Asia

खाँण गृहमन्त्री हुनु अघिदेखि नै मैजुबहालमा एक पूर्वकर्मचारीको घरमा भाडामा बस्दै आएका थिए । उनी गृहमन्त्री हुँदा पुलचोकस्थित मन्त्रीनिवासमा सरे पनि उक्त घर भाडामै लिइरहेका थिए । त्यहाँ सुरक्षाकर्मी तैनाथ हुन्थे । बिहीबार बिहान भने बाह्रखरीकर्मी पुग्दा उक्त निवासमा ताल्चा लगाइएको थियो । घर रहेको क्षेत्रमा पनि कोही पनि सुरक्षाकर्मी थिएनन् । यसअघिजस्तो सादा पोशाकमा पनि कोही थिएनन् । 

balkrishna khad niwos 1231683774295.jpg

खाँणको निवासमा परिवारका सदस्य पनि छैनन् । प्रतिनिधिसभा सदस्य रहेकी उनकी पत्नी मञ्जु खाँणले पतिको गिरफ्तारी अघिदेखि नै निवासमा छाडिसकेकी थिइन् । उनी बुधबारको प्रतिनिधिसभा बैठकमा पनि उपस्थित भएकी थिइनन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणका एकजना अभियुक्त सानु भण्डारीसँग अनुसन्धान अधिकारी दिनेश वस्यालले लिएको बयानमा गृहमन्त्री बालकृष्ण खाँणलाई साढे ४ करोड र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई एक करोड ५० लाख नगद बुझाएको आरोप लगाएपछि खाँण पनि पक्राउ परेका हुन् । पूर्वगृहसचिव पाण्डेसहित अर्का पूर्वगृहमन्त्री एमाले उपाध्यक्ष रामबहादुर थापाका तत्कालीन सल्लाहकार इन्द्रजीत राई, पूर्वउपप्रधानमन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित १२ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

पक्राउपूर्जी जारी गरिएका एमालेका निलम्बित सचिव रायमाझी भने फरार छन् । उनलाई बुधबार मात्र एमालेले पार्टीबाट निलम्बन गरेको छ । फरार रहेका रायमाझीले संघीय संसद्मा आफू बिरामी भएको निवेदन पठाएका थिए ।

121683775254.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro