site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको इतर समूहका नेताले भेटे गृहमन्त्री 

काठमाडौं । नेपाली कांग्रेसमा इतर समूहका नेताहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै दलका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन उनीहरू गएर गृहमन्त्री श्रेष्ठलाई भेटेका हुन् ।

भेटमा गएका कांग्रेस नेता रञ्जित कर्णका अनुसार आफूहरुले गृहमन्त्रीलाई बधाई तथा शुभकामना र अनुसन्धानलाई अन्तिम रुप दिन पनि अनुरोध गरेको जानकारी दिए । साथै, आफूहरूले कुनै दबाब र प्रभावमा नपर्न पनि गृहमन्त्रीलाई आग्रह गरेको उनले जानकारी दिए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले आफूलाई कुनै पनि दबाब नआएको भन्दै दोषीलाई कारबाही गरिछाड्ने बचन दिएको उनले जानकारी दिए । 

गृहमन्त्री भेट्न कांग्रेस नेताहरू कर्णसहित नेताहरू गुरुराज घिमिरे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्यलगायत पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro