site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सेती खोचमा खसेकी बालिकाको मृत्यु
तस्बिर : सशस्त्र प्रहरीबाट ।

पोखरा । सेती नदी किनारको खोचमा खसेकी १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

शनिबार पोखरा महानगरपालिका–८, नागढुंगाकी स्मृति पराजुली घुम्न जाने क्रममा खोचमा खस्न थिइन् । दिउँसो ३ बजेतिर पोखरा–१५ स्थित सेती खोचमा खसेकी उनलाई साढे दुई घण्टापछि बेहोस अवस्थामा उद्धार गरिएको थियो ।

उद्धारपश्चात् उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । उपचारका क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro