site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘प्रतीक ढकाल नियात्रा सौरभ’ गीता खत्रीलाई प्रदान गरिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘पवित्रा ढकाल स्मृति कोष’ले प्रदान गर्दै आएको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ आउँदो स्रष्टा गीता खत्रीलाई प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार स्मृति कोषद्वारा जारी विज्ञप्तिअनुसार २०७५ सालको श्रीपञ्चमीका दिन कोषको स्थापना पछि पहिलो पुरस्कार ०७६ सालमा नियात्रा साहित्यका शिखरपुरुष डा. तारानाथ शर्मालाई समर्पण गरिएको थियो । 

०७७ सालमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई, ०७८ सालमा अग्रज नियात्राकार देवीचन्द्र श्रेष्ठलाई र ०७९ सालमा नियात्राकार भुवनहरि सिग्देललाई प्रदान गरिएको थियो । पुरस्कारकासाथ ५१ हजार नगद राशिसमेत प्रदान गरिँदै आइएको छ ।

Agni Group

यस वर्ष प्रवासमा रहेर पनि नेपाली नियात्रासाहित्यको विकासमा समर्पित रहेका कारण स्रष्टा गीता खत्रीलाई प्रदान गरिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । अनेसासको बोर्ड अफ ट्रस्टीका अध्यक्षसमेत रहेकी गीता खत्रीका ‘झोखाङदेखि मजाटलानसम्म’ र ‘उडेको आकाश डुलेको धर्ती’ गरी दुईवटा नियात्राकृति प्रकाशित छन् ।

हरेकवर्ष सरस्वती पूजाका दिन घोषणा गरिने उक्त पुरस्कार आउने वर्षको जेठ १३ गते पुरस्कृत स्रष्टाकै घरदैलोमा गएर प्रदान गरिने प्रचलन रहिआएको छ । यस पटक भने पुरस्कार खत्री नेपाल आएका बखत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC