site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
दैलेख-२ 'क'मा कांग्रेसका घनश्याम भण्डारी विजयी

सुर्खेत । दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) बाट नेपाली कांग्रेसले विजय सुरुआत गरेको छ ।

गठबन्धनबाट कांग्रेस उमेदवार घनश्याम भण्डारी १ हजार ३०५ मतान्तरले विजयी भए ।

Argakhachi Cement Island Ad

भण्डारीले १० हजार ८०० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का तिलकप्रसाद रिजालले ९ हजार ४९४ मत प्राप्त गरे ।

भण्डारी  पत्रकारिता क्षेत्रबाट राजनितिमा सक्रिय छन् । उनी दुईपटक नेपाली कांग्रेस क्षेत्र नं.२ क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका छन् । भण्डारी यसअघि २०७४ काे स्थानीय तह निर्वाचनमा दुल्लू नगरपालिकाको प्रमुखमा निर्वाचित थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:३८
प्रतिक्रिया दिनुहोस्