site stats
बाह्रखरी :: Baahrakhari
देश
बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी निशा गुरुङ पक्राउ  
सांकेतिक तस्बिर ।

काठमाडौं  । बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने कास्की पोखरा महानगरपालिका–१७ घर भएकी ४२ वर्षीया निशा गुरुङ पक्राउ परेकी छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका–६ टोखाबाट उनलाई पक्राउ गरेको हो ।

Argakhachi Cement Island Ad

उच्च अदालत पाटनको ०७९ वैशाख १३ गतेको फैसलाले ५ दिन कैद र २३ लाख १४ हजार २ सय ५० रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

गुरुङले कुमारी बैंक लिमिटेड दरबारमार्ग शाखा कार्यालय काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्क्याएर पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला  गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्