काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ । विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेको विधेयक ध्वनि मतका आधारमा पारित गरियो ।