site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यो वर्ष बैंकको नाफामा संकुचन आउँछ : सीबीफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै यो वर्ष बैंकहरूको नाफामा कमी आउने जनाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकदरमा गरिएको वृद्धिका कारण यो वर्ष बैंकको नाफा उल्लेख्य रूपमा नबढ्ने आकलन गरिएको हो ।

अनिवार्य नगद मौज्दात एवं वैधानिक तरलता अनुपातको सीमामा गरिएको वृद्धि, आयात गर्न राखिने मार्जिनलाई परिमार्जन गरी गरिने व्यवस्था, कर्जा प्रवाहको सीमामा संकुचनजस्ता कारणले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने विज्ञप्तिमा उल्लेख छ ।

उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा थप चुनौतीपूर्ण एवं यसबाट बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीको प्रतिफलमा संकुचन हुन जाने सीबीफीनको आकलन छ ।

अर्थतन्त्रका महत्त्वपूर्ण सूचकहरू ऋणात्मक दिशातर्फ उन्मुख हुँदै गर्दा नेपालको अर्थतन्त्र असहज बनिरहेको वर्तमान अवस्थालाई सहज बनाउनका लागि आर्थिक एवं वित्तीय स्थिरता कायम गर्न र खस्कँदो अर्थतन्त्रलाई लयमा फर्काउनका लागि समय सान्दर्भिक नीतिहरू मौद्रिक नीतिले अवलम्बन गरेको सीबीफीनको ठहर छ ।

बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको वर्गीकरण गरी उत्पादनशील क्षेत्र र व्यापारमा जाने कर्जामा फरक ब्याजदर कायम गरिने, उत्पादनमूलक क्षेत्रको विकास एवं कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराइने नीति सकारात्मक रहेको सीबीफीनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro