site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बजेट निर्माण प्रकरण : विज्ञहरूसँग छलफल गरिने
जनार्दन शर्मा । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसदीय छानबिन विशेष समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा विज्ञहरूसँग छलफल गर्ने भएको छ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित समितिले फरेन्सिक ल्याबका विज्ञहरूसँग छलफल गर्न लागेको हो ।

मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्टका बारेमा ल्याबका विज्ञहरूसँग नै जानकारी लिने निर्णय गरेको हो । बैठकपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट प्राविधिक भएकाले ल्याबका विज्ञसँग छलफल गरेर थप अध्ययन गरिने जानकारी दिए । आजै अपराह्न ४ बजे बस्ने बैठकमा विज्ञलाई आमन्त्रण गरिएको उनले बताए । ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गरेपछि मात्र थप जानकारी दिन सकिने उनको भनाइ छ ।

असार १३ र १४ गतेको सीसीटीभी डिलिट भएको जानकारी गराउँदै अर्थ मन्त्रालयले मन्त्रालयको सीसीटीभीको हार्डडिक्स नै समितिलाई दिएको थियो । समिमिले डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्नका लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । फरेन्सिक ल्याबले सोमबार समितिलाई हार्डडिक्स फिर्ता गरेको थियो ।

Global Ime bank

२०७९/०८० को बजेट बनाउने क्रममा शर्माले अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो । समिति बनेसँगै उनले पदबाट राजीनामा दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement