site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वीट्जरल्यान्ड ‘भ्रमण रद्द गर्ने पक्षमा मुख्यमन्त्री’ राउत
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

जनकपुरधाम । मधेस प्रदेश सरकारको टोली स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा आउँदो भदौ ६ गते टोली स्वीट्जरल्यान्ड जाने तय भएको हो । मन्त्रिपरिषद्को बैठकले भ्रमण स्वीकृत गरिसकेको छ ।

भ्रमण टोलीमा मुख्यमन्त्री राउतसँगै मधेस प्रदेशका सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघन यादव, गृह तथा सञ्चारमन्त्री भरत साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव रहनेछन् ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की प्रदेशसभा सदस्य रानी शर्मा, नेकपा (एमाले)की प्रदेशसभा सदस्य शारदादेवी थापा, प्रदेशसभाका सचिव रञ्जित यादवलगायत व्यक्ति भ्रमण टोलीमा रहने बताइएको छ ।

अर्थमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता साहले भ्रमणबारे पुष्टि गरे । तर, यकिन संख्याबारे अनविज्ञता जनाए । “मन्त्रिपरिषद्को निर्णय भएको दिन म अनुपस्थित थिएँ । तर, भ्रमण टोलीमा मेरो पनि नाम छ,” उनले बाह्रखरीसित भने, “कति जना र को–को जानुहुन्छ, मलाई थाहा भएन ।”

जेनेभा विश्वविद्यालयको निमन्त्रणामा स्वीट्जरल्यान्डको संघीयता मोडेलबारे अध्ययन जान लागेको उनले जानकारी दिए ।

बस्ने, खाना र व्यवस्थापनको जिम्मा आमन्त्रण गर्ने पक्षले नै लिएको भन्दै उनले टिकट खर्च प्रदेश सरकारले व्यहोर्ने बताए । यद्यपि, भ्रमण रद्द हुन सक्ने सम्भावना पनि रहेको उनको भनाइ छ ।

“मलाई लाग्छ, भ्रमण रद्द पनि हुनसक्छ । धेरै सम्भावना छ, रद्द हुने । तर, म यकिन साथ भन्न सक्दिनँ,” उनले भने, “जुन हिसाबले भ्रमणबारे टिकाटिप्पणी भइरहेको छ, त्यो राम्रो होइन । त्यसकारण मुख्यमन्त्रीजी रद्द गर्ने पक्षमा हुनुहुन्छ ।”

भ्रमणमा जानु राम्रो कुरा भएको भन्दै यसलाई सामान्य रूपमा लिन उनले आग्रह गरे ।

एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले भ्रमणबारे जानकारी आए पनि कुन देशका लागि भन्ने थाहा नभएको बताए । एमालेबाट शारदादेवी थापाको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।

“भ्रमणमा जानु त ठिकै हो, तर अहिलेको परिस्थितिले शोभनीय कुरा होइन,” उनले भने, “संघीयताको सबैभन्दा राम्रो अभ्यास जनताको मर्म बुझ्नु हो । त्यो बुझ्न नसक्ने सरकार भ्रमणमा गएर कसरी बुझिन्छ ?”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro