site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
Tiktok banner adTiktok banner ad

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावासले अमेरिकामा रहेका नेपाली मूलका नागरिकलाई नेपाल सरकारले प्रदान गर्ने गैर आवासीय नेपाली परिचयपत्र लिन आग्रह गरेको छ । 

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आइतबार न्युयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरेको वृहत् सामुदायिक अन्तरक्रिया कार्यक्रममा कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले अमेरिकी राहदानी लिइसकेका नेपाली मूलका हरेक नागरिकलाई नेपाल सरकारले उपलब्ध गराउने एनआरएन परिचयपत्र लिन सुझाव दिए । 

१० वर्षको समयावधि हुने उक्त एनआरएन परिचयपत्रले धेरै फाइदा हुने उनको भनाइ छ । नेपालमा सम्पत्ति लिन, संरक्षण गर्नसहितका कारोबार गर्न एनआरएन परिचयपत्र अनिवार्य भएको बताउँदै उनले यस विषयमा अमेरिकामा रहेका नेपाली मूलका नागरिकहरू सुसूचित हुन आग्रह पनि गरे । 

No description available.

उनले एनआरएनएले जारी गर्ने परिचय पत्र र नेपाल सरकारले जारी गर्ने परिचयपत्र नितान्त फरक भएको भन्दै त्यसका विषयमा सामाजिक अगुवाहरुले सबैलाई प्रष्ट पार्न आग्रह गरे । 

कार्यक्रममा महावाणिज्यदूत गौतमले अमेरिकामा नेपाली उत्पादन प्रर्वद्धन गर्नु सबैको कर्तव्य भएको बताए । उनले अमेरिकामा रहेका नेपाली एवं नेपाली मूलका नागरिकलाई नेपाली वस्तुको उपभोग गर्न आग्रह गरे ।

न्यूयोर्कमा रहेका अधिकांश संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा गौतमले दूतावासले दिने सेवाका बारेमा जानकारी गराएका थिए । उनले दूतावासले ईपासपोर्ट, एनआरएन कार्ड, मञ्जुरी नामा (पावर अफ अटोर्नी), भिजा सुविधा, जन्म, विवाह र मृत्यु दर्ता सिफारिसजस्ता सेवाहरू उपलब्ध गराइरहेको जानकारी दिए ।

त्यस्तै उनले महावाणिज्य दूतावासले नगद वा ईभुक्तानी लिन नसक्नुको कारणबारे पनि प्रष्ट पारे । उनको जानकारीपछि सहभागिहरूले दूतावासले प्रदान गर्ने सेवाका विषयमा जिज्ञासा राखेका थिए । उनीहरूले एनआरएन कार्ड, राहदानी तथा विविध सिफारिसका विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए ।

No description available.

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गौतमले ईपासपोर्ट अनिवार्य नगरिएको र यदि एमआरपी पासपोर्टको म्याद एक वर्ष बाँकी छ भने तत्काल नवीकरण गर्न सुझाव दिए । उनले नेपालबाट राहदानी नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य भए पनि अमेरिकाबाट नवीकरण गर्दा ऐक्षिक बनाइएको जानकारी दिए । तत्कालका लागि दूतावासले दुई वर्षको अस्थायी राहदानी जारी गर्ने सम्बन्धमा पनि जानकारी दिए । 

कार्यक्रममा वाणिज्यदूत गणेशप्रसाद अधिकारीले सहभागिहरूको प्रश्नको जवाफ दिँदै महावाणिज्य दूतावास छिटो र छरितो ढंगबाट सेवा दिन सधैँ तत्पर रहेको बताए । उनले महावाणिज्य दुतावास सधै नेपाली समुदायसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको भन्दै कुनै पनि गुनासोलाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

दुतावासको कार्यक्षेत्र न्युयोर्क, कनेक्टिकट र न्यूजर्सी भए पनि विवेकको आधारमा अन्य क्षेत्रमा बस्ने नेपाली एवं नेपाली मूलका नागरिकहरूलाई सेवा दिईरहेको भन्दै अधिकारीले समस्यामा रहेका नेपालीहरूको सेवामा महावाणिज्य दूतावास सधैँ तत्पर रहेको जानकारी दिए ।

नेजाकी उपाध्यक्ष मच्छेदेवी गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेजा कार्यसमिति सदस्य लोकमणी राईले स्वागत गरेका थिए । त्यस्तै अर्का सदस्य अनिल अधिकारीले सहभागीले उठाएका प्रश्नहरूको समन्वय गरेका थिए । सचिव कल्पना घिमिरेले धन्यवाद ज्ञापन गरेकी थिइन् । 

अन्तरक्रिया कार्यक्रम नेजाका क्षेत्रीय संयोजक गोकुल श्रेष्ठको समन्वय एवं सञ्चालनमा सम्पन्न भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro