site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहराइनको रमजान बजारमा नेपाली हस्तकला र परिकारको प्रवर्द्धन
Tiktok banner adTiktok banner ad

काठमाडौं । बहराइनस्थित नेपाली राजदूतावासले मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादान (रमजान)को अवसरमा त्यहाँको रमादान बजारमा नेपाली हस्तकला तथा परिकारहरूको प्रवर्द्धन गरेको छ ।

रमादान बजारमा विभिन्न हस्तकला सामग्री, चिया, पस्मिना सललगायत नेपाली उत्पादन तथा सेलरोटी, अचार, मःम, खाजा सेटलगायत परिकारको प्रवर्द्धन गरेको दूतावासले जनाएको छ ।

बहराइनको सार मलमा रमादानको अवसरमा दक्षिण एसिया संगठनको संयोजकत्वमा सञ्चालित फुड फेस्टिभलमा दूतावासले सहभागिता जनाई नेपाली उत्पादन तथा परिकारहरूको प्रवर्द्धन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा बहराइनका लागि मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, टर्की, बंगलादेशलगायत देशका राजदूतहरू, अरू नियोगका कूटनीतिक कर्मचारीलगायत व्यक्तिले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गर्नुका साथै सामानहरू खरिद गरेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro