site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमलाई एउटै सिलिन्डरबाट ६४६ रुपैयाँ घाटा !

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन नभए निगम ठूलो घाटामा जाने बताएको छ । सोमबार एक विज्ञप्तिमार्फत निगमले सञ्चिति बचत शून्यमा पुगेको जनाएको छ ।

निगमले अहिले खाना पकाउन प्रयोग हुने एलपी ग्यासमा प्रति सिलिन्डर ६४६.१६ रुपैयाँ घाटा भइरहेको जनाएको छ । जसअनुसार १५ दिनमा करिब ११४.८६ करोड घाटा हुने निगमले जनाएको छ ।

Argakhachi Cement Island Ad

पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा प्रति लिटर ८.८१ रुपैयाँ घाटा खाएर बेचिरहेको जनाएको छ । जसअनुसार पेट्रोलबाट निगमलाई १५ दिनमा करिब ४२.७९ करोड र डिजेलबाट ७९.९९ करोड घाटा हुने निगमको भनाइ छ ।

मट्टीतेलबाट भने प्रति लिटर २०.५० रुपैयाँ नाफा भइरहेको निगमको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी हवाई इन्धनबाट पनि प्रति लिटर १४.७३ औसत नाफा नाफा भइरहेको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनलाई यही २३ जनवरीमा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब रुपैयाँ नपुग्नेसमेत बताएको छ । निगमले इन्डियन कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगरेमा आगामी १५ दिनमा निगमले थप दुई अर्ब २४ करोड घाटा हुने माघ १७ गतेसम्म २१ अर्ब ५० करोड घाटा बेहोर्नुपर्ने बताएको छ।

जसअनुसार मूल्य समायाेजन नभए अबको ३ महिनामै १२ अर्ब ऋण लिनुपर्ने निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  २०:२२
प्रतिक्रिया दिनुहोस्