site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला

काठमाडौं । वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला गरिएकाे छ । याे मञ्चमार्फत किशोर किशोरीहरूका कार्यहरूलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गरिन्छ । शुक्रबार पत्रकार सम्मेलन गरी साताैँ संस्करणकाे लागि आवेदन खुला गरिएकाे जनाइएकाे हाे ।

गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रूपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाईन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिने जनाइएकाे छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरूमा उद्यमशील सोच विकास एवम् रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका ६ किशोर किशोरिहरूलाई ग्लोकल टिन हिरो नेपालका रूपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डिया र श्रीलशंकाबाट एकएक जना सम्मानित भएका छन् । साथै २० अन्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गने लक्ष्य हामीले लिएको आयाेजक ग्लोकलले जनाएको छ ।

पहिलो चरणमा कुल आबेदनहरूलाई अन्तरवार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरूको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुने र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वाता गरी २०२१ को बिजेता घोषणा गरिने छ ।

यस्तै ग्लोकलले राष्ट्रिय विकासका बाधाहरू र संसारका विविन्न मुद्दाहरूलाई बुझ्न किशोरकिशोरीहरूको ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन आयोजना गर्न लागेको पनि जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्