site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खल्ती वालेटबाट शुल्क तिरेर सलमानकाे फिल्म 'राधे' हेर्न सकिने

काठमाडौं । अभिनेता सलमान खानको नयाँ फिल्म रिलिज हुनासाथ नेपाली ‘पेमेन्ट गेट वे’बाट शुल्क तिरेर हेर्न सकिने भएको छ । ‘डिजिटल पेमेन्ट गेट वे’ खल्तीबाट शुल्क तिरेर अभिनेता खानको रिलिज हुन लागेको फिल्म राधे हेर्न सकिने भएको हो ।

खल्तीले राधे फिल्मका वितरक ए.एट फिल्मिस् प्रा.लि.सँग सम्झौता गरेर राधे फिल्मको पे पर भिउजको आधारमा चलचित्र हेर्नको लागि आधिकारिक पेमेन्ट पार्टनरका रूपमा सेवा दिने सम्झौता गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रयोगकर्ताहरूले खल्तीबाट शुल्क भुक्तानी गरेर नेट टिभीलगायतका अनलाइन प्लेटफर्ममा राधे फिल्म हेर्न पाउने छन् । फिल्म हेर्नका लागि प्रयोगकर्ताहरूले खल्तीबाट भाउचर खरीद गर्न सक्दछन्। खल्तीमा रहेको ‘युटीलीटी’ सेक्सन भित्र पी पी भी मुभिजमा भाउचर कोड किन्न सक्ेछन् ।

एक पटक भाउचर कोड ओटीटी प्लेटफर्ममा रिडिम भएपछि दर्शकहरूले २४  घण्टाभित्र फिल्म हेर्न सक्दछन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २२:०६
प्रतिक्रिया दिनुहोस्