site stats
बाह्रखरी :: Baahrakhari
विदेश
काेराेना कहर : भारतमा दैनिक मेडिकल अक्सिजन खपत चार गुणाले बढ्यो

नयाँ दिल्ली । भारतमा दैनिक मेडिकल अक्सिजन खपतको मात्र करिब चार गुणाले बढेको छ । कोरोना भाइरसको संक्रमणदर बढेसँगै भारतका अस्पतालमा अक्सिजन खपतको मात्रा बढेको सरकारी स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

गत फेब्रुअरीमा दैनिक एक हजार २७३ मेट्रिक टन अक्सिजन खपत हुँदै आएकोमा अप्रिलमा यो परिमाण बढेर चार हजार ७३९ मेट्रिक टन पुगेको उद्योग तथा आन्तरिक व्यापार प्रबद्र्धन विभागले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सबै राज्यमा सहज स्वास्थ्य सेवा दिने उद्देश्यले १६२ प्रेसर स्वीङ एड्जब्र्सन (पीएसए) अक्सिजन प्लान्ट जडान गरेको थियो । थप सय अक्सिजन प्लान्ट जडान गर्नका लागि संघीय सरकारसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

सोमबार मात्र भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)का महानिर्देशक डा. बलराम भरगवाले कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै अक्सिजनको उपयोग बढेको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्